१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।