नेपाली काँग्रेस रुकुमले जिल्लाका क्रियाशिल पत्रकारहरुकाे काेराेना विमा गरिदिने
नेपाली काँग्रेस रुकुम पश्चिमले रुकुम जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने भएकाे छ । कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रमोर्चामा खटिएर समाचार संकलन गर्ने पत्रकारहरुलाई कोराना बीमा गरिदिने पाटिले जनाएको छ ।
सोमवार नेपाल प्रेस युनियन रुकुम पश्चिमले आयाेजना गरेको पत्रकार सम्मेलनमा सभापति प्रेमप्रकाश ओलीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोनाको कहरका बीचमा पनि जोखिमपूर्ण कार्य गर्ने पत्रकारहरु लक्षित कुनै पनि कार्यक्रम नगरेपछि पार्टीले नै कोराना बीमा गरिदिएको वताउनु भयाे । उहांका अनुसार जिल्लामा क्रियाशिल सबै सञ्चार गृह र मुलधारका सञ्चारगृहहरुमा कार्यरत पत्रकारहरुलाई ५० हजार बराबरको कोरोना बीमा गरिनेछ ।
यसै गरि नेपाल प्रेस युनियन रुकुम पश्चिमले काेराेना महामारीवाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र काम गर्न जिल्लाका क्रियाशिल पत्रकारहरुलाई अनुरोध गरेको छ । युनियनका जिल्ला अध्यक्ष दिनेश खड्काकाे अध्यक्षतामा वसेको बैठकले जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने नेपाली काग्रेस रुकुम पश्चिमकाे निर्णयको स्वागत गर्दै आभार तथा धन्यवाद समेत ब्यक्त गरेको छ ।
पत्रकारहरुको कोराना बीमाको सहजीकरण गर्न प्रेस युनियन रुकुम पश्चिमले केन्द्रिय पार्षद प्रविर ददेललाइ जिम्मेवारी ताेकेको छ । नेपाल पत्रकार महासंघको समन्वयमा पत्रकारहरुको विमा गर्ने कार्य तत्काल सुरु हुने प्रेस युनियनका जिल्ला सचिव लोकेन्द्र खनालले जानकारी दिनु भयो । रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरुलाई विमाका लागि आवश्यक विवरण बुझाउन पनि नेपाल प्रेस युनियन रुकुम पश्चिमले आग्रह गरेकाे छ।
पत्रकारहरुको कोरोना बीमाको लागि पाटि सभापति प्रेम प्रकाश ओली, नेका प्रदेश निर्वाचन क्षेत्र नं. (क) का सभापति सुरतजंग मल्ल लगायतले सहयोग गरेको जनाइएको छ ।
