कोरोनाले आइपिएल अनिश्चितकालका लागि सर्यो, चार खर्ब ८० अर्ब घाटा

कोरोनाले आइपिएल अनिश्चितकालका लागि सर्यो, चार खर्ब ८० अर्ब घाटा

भारतमा हुँदै आएको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० त्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । 

कारोना भाइरस (कोभिड–१९) का कारण भारतले लकडाउन बढाएपछि आइपिएल सरेको हो । अब कहिले हुन्छ भन्ने पत्तो छैन । 

आइपिएल मार्च २९ तारिखदेखि हुने तालिका थियो । कोरोना फैलने भन्दै त्यसबाट बच्क्न भारतले लकडाउन लगायो । १४ अप्रिलसम्म सारेको लकडाउनका कारण भारतीय क्रिकेट बोर्ड बीसीसीआईले १५ अप्रिलदेखि आइपिएल गर्ने नयाँ तालिका बनायो । 

तर भारतमा संक्रमित र मृतक बढेपछि सरकारले ३ मेसम्म लकडाउन जारी गर्यो । त्यसपछि बुधबार बीसीसीआईले आइपिएल अनिश्चितकालका लागि स्थगित गर्यो । 

कहिले होला ? 
अब आइपिएल यो वर्ष हुनेमा आशंका छ । कोरोना विश्वबाट तत्काल हट्ने हो र जनजीवन सामान्य हुने हो भने पनि आगामी नोभम्बरसम्म तालिका व्यस्त बन्नेछ । 

जुनबाट सेप्टेम्बरसम्म मनसुनको सिजन हो । त्यो बेला सम्भव छैन । फेरि भारतले श्रीलंका र जिम्बावेसंग सिरिज खेल्ने क्यालेन्डर छ । 

अक्टुबर–नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप खेल्ने तालिका छ । यसपछि अन्य टिमबीच सिरिज खेल्ने सम्भावना रहन्छ । किनकि अहिलेसम्म नै सिरिज रोकिइसकेको छ । 

बीसीसीआईले अन्तर्राष्ट्रिय तालिका तलमाथि नहुने गरी आइपिएलको नयाँ तालिका बनाउनु पर्नेछ । 

डिसेम्बरमा हुन सक्ने, फर्मेट छोटिन सक्ने
यो वर्ष आइपिएल हुने सम्भावना कम छ । बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले परिस्थितिलाई हेरेरमात्र केही भन्न सकिने बताएका छन् । 

उनले तत्काल कुनै नयाँ तरिका नबचेकाले अब सबैले घरमै रहेर बस्नुपर्ने भन्दै आइपिएललाई भुल्न सुझाव दिएका छन् । 

किनकि विश्वका सबैजसो खेल बन्द छन् । गांगुलीले आफ्नो ४६ सालको जीवनमा यस्तो भयानक अनुभव नगरेकाले अहिले आइपिएलका बारे नसोच्न पनि आग्रह गरेका छन् । 

तर बीसीसीआईका अनुसार अबको तालिका डिसेम्बरमा उत्तम विकल्प हुन सक्छ । यसबीचमा आइपिएलको फर्मेट छोटो हुन सक्नेछ । 

आइपिएल ५० दिनको सट्टा ४४ दिनमा झारिएको थियो । सहभागी ८ टिमले ९ सहरमा १४–१४ खेल खेल्नुपर्नेछ । अनि २ सेमिफाइनल, १ नकआउट र फाइनल खेल्नुपर्नेछ । 

अब यसलाई छोट्याएर सन् २००९ को जस्तै ३७  दिनमा झार्न सकिनेछ । २००९ मा लोकसभा चुनावका कारण आइपिएल दक्षिण अफ्रिकामा गर्नुपरेको थियो । 

नोक्सान ४ खर्ब ८० अर्ब 
बीसीसीआईका एक अधिकारीका अनुसार आइपिएल रद्द हुने सम्भावना पनि छ । किनकि कोरोनाको असर कहिलेसम्म पर्छ भन्ने यकिन छैन । 

दिनानुदिन कोरोनाको संक्रमण बढ्दो छ । यो अझै केही महिना चल्यो भने धेरे जसो कार्यक्रम रद्द हुनेछन् । वाध्य भएर आइपिएलको यसपटकको १३ औं संस्करण पनि रद्द गर्नुपर्नेछ । 

तसर्थ डिसेम्बरमा पनि यो हुन सकेन भने रद्द हुनेछ । अर्को वर्ष अर्को संस्करण हुनेछ । 

यदि यो आइीपएल रद्द भयो भने ४ खर्ब ८० अर्ब रुपैयाँ घाटा लाग्नेछ । यो क्रिकेटका लागि निकै ठूलो मुल्य हो । 

किनकि खेलाडीहरु निलामीमै २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको छ । ६२ खेलाडी किनबेच भएका छन् । 

जसमा ३३ भारतीय र २९ विदेशी खेलाडी हुन् । फ्रेन्चाइज यी खेलाडीहरु खरिद गर्न २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको हो । 

आइपिएलका ८ टिममा ६४ विदेशी खेलाडी छन् । जसमा दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछाने पनि रहेका छन् । 


Leave a Reply

Your email address will not be published.