विश्व समुदायमा रहेका नेपालीहरुलाई जोड्ने नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षकमा अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य लाई नियुक्त गरिएको छ । संस्थाको मिति २०७७ बैशाख १७ गते वसेको केन्द्रिय समितिको विषेश बैठकले प्रा.डा.बैद्यलाई प्रमुख संरक्षक पदमा नियुक्त गरेको हो ।

प्रा.डा.बैद्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गर्नु भएको समाज सेवाको उच्च सम्मान गदै उक्त पदमा नियुक्त गरेको हामी नेपाली ग्लोवलले जनाएको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष अमृत लामाले नियुक्ति पत्रमा वैद्यलाई स्वदेश तथा विदेशमा गर्नु भएको उच्च स्तरीय समाज सेवाको उच्च सम्मान गदै विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान अभियानमा यहाँमा निहित उच्च ज्ञान, अनुभव र क्षमताको प्रचुर प्रयोग गरेर हामी नेपाली ग्लोवलको उदेश्य अनुरुप उच्च स्थानमा पु¥याउन विषेश सहयोगको अपिक्षा गरिएको छ ।
नेपाल लगायत विश्वका २५ भन्दा धेरै देशहरुमा शाखा कार्यालय रहेको यस संस्थाले नेपालीहरुका भावनाहरु जोड्दै नेपालीहरुको हक, हित र अधिकारका क्षेत्रमा काम गदै आएको छ ।
प्रा.डा.वैद्य पशुपति अन्नपुर्णा आश्रम संस्थाको केन्द्रिय अध्यक्षका रुपमा लामो समय देखि सामाजिक सेवामा कार्य गदै आउनु भएको छ । नेपाली मौलिकता र सनातन धर्म संस्कृतिको संरक्षण र प्रर्वधनमा सक्रिय डा.बैद्यले सन २०२० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुवाट आफुलाई प्राप्त हुने सबै सेवा सुविधा मानव सेवामा लगाउने घोषणा गर्नु भएको छ ।
मानव सेवा र मानवीय कल्याणका लागि विभिन्न क्षेत्रमा क्रियाशिल पशुपति अन्नपुर्णा आश्रम संस्थाले स्वदेश तथा विदेशमा समेत विभिन्न सामाजिक कार्य गदै आएको छ । यसै गरि हामी नेपाली ग्लोवल र पशुपति अन्नपुर्णा आश्रम संस्था विच नेपालको दिगोे विकास र मानव सेवाका लागि सहकार्य गर्न सम्झौता समेत भएको छ ।
