पशुपति अन्नपूर्णा आश्रम संस्था सुदुरपश्मि प्रदेश प्रमुख वीरसिंह कार्कीको समन्वयमा सो संस्था अन्र्तगत कन्चनपुर जिल्लाका मानार्थ सदस्य दिपेन्द्र वहादुर चन्दले रु.दश हजार वरावरको खाद्यान्न सहयोग गर्नु भएको छ । उक्त खाद्यान्न स्थानीय मजदुरहरुलाई वितरण गरिएको छ ।
जेठ १ गते विहीवार कन्चनपुरको महेन्द्र नगरमा नेपाली तथा भारतिय मजदुरहरुलाई उक्त खाध्य सामग्री वितरण गरिएको प्रदेश प्रमुख कार्कीले वताउनु भयो । लगडाउनका कारण दैनिक गुजरा चलाउन कठिन गरिव तथा विपन्न परिवारलाई १० हजार वरावरको खाध्य सामग्री वितरण गरिएकोउहाँको भनाई छ ।
मानवीय सेवाका लागि आर्थिक सहयोग गर्ने सुदुरपश्चिम प्रदेश समिति र सहयोग गर्ने सबै ब्यक्तित्वहरु प्रति संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले धन्यवाद तथा आभार ब्यक्त गर्नु भएको छ ।
