श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाको ६१ औं केन्द्रिय अध्यक्ष राष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्यले वि.स.२०३५ सालको हरिवोधनी एकदशीका दिन गुरु प्राध्यापक ई.हुतराम बैद्यका साथ माजसेवामा प्रवेश गर्नु भएको हो । श्री वैद्य जी समाज सेवी पिता श्री हरिवहादुर (राज) बैद्य र माता श्रीकृष्ण कुमारी वैद्यको कोखवाट वि.स.२०११ बैशाख ३ गते काठमान्डौ महानगरपालिका वडा नं. ८ जय वागेश्वरी पशुपति क्षेत्रमा जन्मनु भएको हो ।

सानै देखि सामाजि सेवामा रुची राख्ने उहाँले स्वास्थ्य प्रयोगशाला विज्ञान विषयमा अध्ययन गरि लामो समय सरकारी सेवामा सक्रिय योगदान गर्नु भएको हो । अवकास प्राप्त भएपछि सरकारी सेवा वाट प्राप्त भएको पेन्सन,तलव, सन्चयकोष लगायतका अन्य सबै सुविधाका रकम राष्ट्र सेवामा सर्मपन गदै आउनु भएको छ ।
वि.स.२०३८ सालको दैविक प्रकोप, वि.स.२०४५सालको भुकम्प, वि.स.२०५० सालको दैविक प्रकोप, वि.स. २०७२ सालको महाविनासकारी भुकम्प उल्लेख्य योगदान गनुका साथै पछिल्ला केहि महिना (सन्२०२०) देखि फैलिएको कोरोना भाईरसको महामारीमा करिव ३ लाख, मास्क स्नेटाईजर, १०,००० हातधुने सावुन, १० हजार जोर पञ्जा र दैनिक हजारौं जनालाई खाना वितरण गदै आउनु भएको छ ।
प्रा.डा. बैद्य अन्तराष्ट्रि ख्याति प्राप्त संस्था हामी नेपाली ग्लोवल (संयुक्त राज्य अमेरिका) , सार्वजनिक यातायात ब्यावसायी महासंघ, नेपालको प्रमुख संरक्षक हुनुहुन्छ । यसका साथै नेपालका थुप्रै स्थानीय निकायहरु, विश्व विद्यालय, कलेज तथा विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत प्रमुख संरक्षक तथा सल्लाहकार हुनुहुन्छ ।

प्रा.डा.बैद्यले नेपालका विभिन्न विश्व विद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरुमा गत वर्ष १०८ माता सरस्वतिको मुर्ति, १०८ पञ्च धातुको घण्ट समेत वितरण गरि नेपाली मौलिक संस्कारको प्रर्वद्धनमा योगदान गर्नु भएको थियो । यस कार्यमा नेपाल सरकारवाट उच्च सम्मानका साथ धन्यवाद समेत पाउनु भएको थियो ।
श्री बैद्यले आफ्नो कार्यकालमा श्री पशुपति अन्नपूर्णा आश्रम संस्थालाई गतिशिल वनाउनुका साथै सातै प्रदेश र देशका सवै जिल्लाहरुमा संस्थागत संरचना विस्तार गरि मानवीय सेवा र नेपाली मौलिक संंस्कारको दिगो विकास र विस्तामा समेत उल्लेख्य योगदान गर्नु भएको छ ।
यस संस्थाको मुख्य आयश्रोतका रुपमा संस्थाका प्रत्येक सदस्यहरुले दैनिक रु.१०१ नगद र एक किलो चामल मुठ्ठि दान उठाउने परम्परा छ । यस संस्थाले केहि समय अगाडि हामी नेपाली ग्लोवल मार्फत संयुक्त राज्य अमेरिकामा समेत १०,००० थान मास्क पठाएको थियो ।
यस संस्था मार्फत अनाथालय, गुरुकुल लगायतका विभिन्न शैक्षिक संस्थाहरुलाई पोशाक लगायतका विभिन्न शैक्षिक सामग्रीहरु वितरण गर्नुका साथै धार्मिक स्थलहरु लाई पञ्च धातुवाट वनेका मुर्ति, घण्टा लगायतका सामग्री वितरण गदै आएको छ ।

कोरोना भाईरसका कारण लामाे समय देखि भएको लकडाउनका समयमा पनि यस संस्थाले हजारौ विपन्न परिवार तथा मजदुरहरुलाई राहात सामग्री प्रदान गदै आएको छ भने दैनिक हजारौ लाई निः शुल्क भोजनकाे ब्यबस्थापन समेत गदै आएको छ ।
नेपाली समुदायमा ब्यक्तिगत र पारिवारिक मोहका साथै सुख सुविधा त्याग गरि मानव कल्याण र मानवीय कार्यका लागि सामाजिक सेवामै सकृयाताका साथ लाग्दै आउनु भएका प्रा.डा.बैद्य हामी सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।
